सिराह– कारागारमा रहेका ५९ कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि भएको छ। जिल्ला स्वास्थ्य कार्यालय सिराहका अनुसार कारागारमा रहेका ५ सय ९४ कैदी बन्दीमध्ये ८० जनाको पीसीआर जाँच गराउदा ५९ कैदीबन्दीमा कोरोना पुष्टि भएको हो। जसमा ३४ कैदी र २५ जना थुनुवा रहेका छन्।
बुधबार आएको कोरोना परीक्षण रिपोर्टले कारागारका ५९ कैदीबन्दीसहित अन्य ७ जनामा कोरोना देखिएको जनाइएको छ। कार्यालयका अनुसार धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट प्राप्त रिपोर्टमा कारागारका ५९ जना कैदीबन्दी मध्ये सबै पुरुष छन्।
कोरोना संक्रमण पुष्टि भएकाहरु २० देखि ५८ वर्ष उमेर समूहका ६५ पुरुष र १ महिला रहेको स्वास्थ्य कार्यालयका प्रमुख कृष्णदेव यादवले जानकारी दिए।
कैदीबन्दीमा कोरोना पुष्टि भएपछि जिल्ला कारागारमा कैदीबन्दीबीच खैलाबैला मच्चिएको जिल्ला कारागार सिराहकी प्रमुख बबिता महतोले बताइन्। उनका अनुसार कोरोना पुष्टि भएका कैदीबन्दीलाई कारागार भित्र रहेको आइसोलेसनमा राखिएको छ।