टुटल र पठाओको सेवा सुचारु-Sutra News

टुटल र पठाओको सेवा सुचारु

बिहिबार, २५ भाद्र २०७७

बिहिबार, २५ भाद्र २०७७

काठमाडौं- सरकारले निषेधाज्ञा केही खुकुलो बनाएपछि राईड सेयर सेवा दिने टुटल र पठाओले सेवा सुचारु गरेका छन्।



कोरोना भाइरसको जोखिम न्यूनीकरणका लागि सरकारले निजी तथा सार्वजनिक सवारी साधनमा जोर–बिजोर प्रणाली लागु गरेको छ।

सरकारी नियमको पालना गर्दै टुटलको सेवा सुचारु गरेको टुटल व्यवस्थापक आयुस कार्कीले जानकारी दिए। सेवा दिंदा स्वास्थ्य प्रोटोकललाई विषेश ध्यान राखिएको कार्कीको भनाइ छ।

बिहीबार सूत्रन्युजसँग कुरा गर्दै उनले भने, ‘सरकारले जोर बिजोर प्रणाली लागु गरेको छ। संक्रमणको जोखिमलाई ध्यानम राखेर हामीले सेवा सञ्चालनमा ल्याएका छौं। हाम्रो राइडरहरू लामो समयदेखि बेरोजगार छन्। यसकारण उनीहरूबाट कुनै प्रकारको कमिसन नलिइने व्यवस्था गरेको छौं।’

उनले थपे, ‘राइडरले मास्क, पन्जा, सेनिटाइजरको लागि आफ्नै खर्च गरेका छन्। त्यसकारण पनि हामीले उनीहरूसँग कमिसन नलिएका हौं।’

त्यस्तै आजैबाट पठाओको ट्याक्सी र मोटरसाइकल दुवैको सेवा सुचारु भएको पठाओकी मार्केटिङ म्यानेजर सुरक्षा हमालले जानकारी दिइन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट