नि:शुल्क खाना खुवाउँदै अभिनेत्री बेनिसा हमाल-Sutra News

नि:शुल्क खाना खुवाउँदै अभिनेत्री बेनिसा हमाल

बिहिबार, २५ भाद्र २०७७

बिहिबार, २५ भाद्र २०७७

काठमाडौं– नेपालमा कोरोना संक्रमणको जोखिमलाई नियन्त्रण गर्न सरकारले पटक–पटक लकडाउन तथा निषेधाज्ञा जारी गरेको छ। सो क्रममा विपन्न, असक्त, मजदुरको रोजीरोटी गुमेको छ। सरकारले बुधबार साँझबाट उपत्यकामा जारी गरेको निषेधाज्ञा हटाएपनि यो अवधिमा कयौं मानिसले रोजगारी गुमाएका छन्।



महामारी नियन्त्रणका लागि सरकारले लागु गरेका नियमका कारण उत्पन्न भएको यस्तो अवस्थामा विभिन्न संघसंस्था तथा व्यक्तिले आफूले सक्ने सहयोग पनि गरिरहेका छन्। कतिपयले खाद्यान्न दान गरिरहेका छन् भने कतिपयले विपन्नहरुलाई खाना खुवाएको देखिन्छ।

सोही क्रममा अभिनेत्री बेनिसा हमालले पनि दैनिक रत्नपार्क, महाराजगञ्ज लगायतका क्षेत्रमा विहान खाना खुवाउने काममा सक्रिय भएकी छिन्। उनी ११ दिनदेखि एक संस्थासँग मिलेर काठमाडौंका विभिन्न स्थानमा खाना खुवाउने काममा सक्रिय भएकी हुन्।

‘मेरै साथीहरूको रोयल कोलाब्रोटिज संस्थाले खाना खुवाउने काम गरिरहेको थियो,’ हमाल भन्छिन्, ‘मैले पनि उहाँहरूसँगै मिलेर यस काममा सक्रिय भएकी छु।’

उक्त संस्थाले गत चैतमा नेपाल सरकारले जारी गरेको लकडाउनको समयमा विभिन्न नाकामा दैनिक खाना खुवाउने गथ्र्यो। पछिल्ला ११ दिनदेखि भने काठमाडौं उपत्यकामा विभिन्न ठाउँमा संस्थाले खाना खुवाउन सुरु गरेको हमाल बताउँछिन्।

उनी भन्छिन्, ‘अहिले हामीले काठमाडौंको महाराजगञ्ज र रत्नपार्कमा विहान र पशुपति लगायतका ठाउँमा साँझ खाना खुवाइरहेका छौं। साथीहरूको संस्थामा म पनि सामेल भएर सहयोग गरिरहेकी छु।’

अहिले संस्थालाई सहयोग पनि आउन थालेको हमाल बताइन्। हमाल भन्छिन्, ‘साथीहरूले यस्तो विषम परिस्थितिमा सहयोग गरिरहनु भएको छ। मैले पनि त्यहाँ जाँदा सहयोग हुन्छ भने किन नजाने भनेर सामेल भएकी हुँ।’

दैनिक १५ सय हाराहारी मानिसलाई खाना खुवाएको हमालको भनाइ छ। उनका अनुसार बिहानको समयमा रत्नपार्क र महाराजगञ्जस्थित टिचिङ्ग र कान्ति अस्पतालमा बिरामी कुरुवाहरूलाई दैनिक खाना खुवाइन्छ। साँझको समयमा भने पशुपति क्षेत्र लगायतका धार्मिक क्षेत्रमा खाना खुवाइन्छ ।

‘यो बेला एकअर्कालाई सहयोग गर्नुपर्छ, हमाल भन्छिन्, ‘एकअर्कालाई सहयोग गरे मात्रै यो अवस्थाबाट पार पाउन सकिन्छ। आफूले सक्ने सहयोग गरेकी छु।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट