बहुप्रतिक्षित सिनेमा ‘ड्युन’ को ट्रेलर सार्वजनिक-Sutra News

बहुप्रतिक्षित सिनेमा ‘ड्युन’ को ट्रेलर सार्वजनिक

बिहिबार, २५ भाद्र २०७७

बिहिबार, २५ भाद्र २०७७

एजेन्सी– डेनिस भेल्लेन्युभ निर्देशित बहुप्रतिक्षित सिनेमा ‘ड्युन’को ट्रेलर सार्वजनिक भएको छ। फ्रान्क हरब्रेटको पुस्तकमा आधारित भएर बनेको सिनेमाको ट्रेलर बुधबार सार्वजनिक भएको हो।



सिनेमामा टिमोथी चाल्मेटलाई प्रमुख भूमिकामा देखिएको छ। उनीसँगै सिनेमामा अस्कर आइज्याक, जेन्डाया, रेबेक्का फेरगुसोन, जोसन मोमोआ लगायतका कलाकारले अभिनय गरेका छन्।

‘अराईभल’ र ‘ब्लेड रनर २०४९’ जस्ता चर्चित सिनेमा बनाएका भेल्लेन्युभको निर्देशनमा रहेको ड्युन प्रतिक्षित सिनेमा हो। उनी आफ्ना अघिल्ला सिनेमाबाट एकेडेमी अवार्डका विभिन्न विधामा मनोनित भएका थिए।

वार्नर ब्रोज प्रोडक्सनबाट निर्माण भएको ड्युन आगामी डिसेम्बर १८ बाट विश्वव्यापी रूपमा प्रर्दशनमा आउने घोषणा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट