सरकारले दैनिक अन्तर्राष्ट्रिय उडान संख्या थप गर्ने, असोज १५ देखि आन्तरिक उडान पनि सुरु हुने-Sutra News

सरकारले दैनिक अन्तर्राष्ट्रिय उडान संख्या थप गर्ने, असोज १५ देखि आन्तरिक उडान पनि सुरु हुने

बिहिबार, २५ भाद्र २०७७

बिहिबार, २५ भाद्र २०७७

काठमाडौं–सरकारले दैनिक हुने अन्तर्राष्ट्रिय उडानको संख्या थप गर्ने भएको छ । आर्थिक पत्रकार संघ (सेजन)ले बिहीबार आयोजना गरेको ‘सेजन अर्थनीति बहस’मा नागरिक, उड्यन तथा पर्यटन मन्त्री योगेश भट्टराईले हाल दैनिक ७/८ अन्तर्राष्ट्रिय उडान भइरहेको र अब त्यो संख्या बढाउँदै लैजाने जानकारी दिए।



पर्यटन क्षेत्रले मासिक १० अर्ब रुपैयाँ गुमाएको भन्दै उनले छिटो भन्दा छिटो पर्यटन क्षेत्र पनि खोल्न आफूहरुले पहल गरिरहेको बताए । सरकारले सबैको बाँच्ने अधिकारलाई ग्यारेन्टी गर्न पनिकठोर निर्णय लिनुपरेको मन्त्री भट्टराइले तर्क राखेका छन्।

अहिले स्वदेश फर्कन चाहने करिब पाँच लाख नेपाली रहेको बताउँदै उनले भने, ‘वैदेशिक रोजगारीमा गएकाहरुको रोजगारी गुमिसक्यो । कतिपय कम्पनीले कम्पनीकै खर्चमा नेपाल पठाउने भनेका छन् । कतिपय बेखर्ची भएकाहरुलाई उद्धार गर्नुपर्ने अवस्था छ । अहिले दैनिक करिब एक हजार जना स्वदेश फर्किएकोमा यो संख्या अब दैनिक ३ हजारसम्म पुग्छ ।’

दक्षिण एसियामा व्यावसायिक उडान गर्ने नेपाल नै पहिलो देश भएको मन्त्री भट्टराईको दाबी छ । विश्वमै अहिले औसतमा ५० प्रतिशतभन्दा कम उडाउन भएको उनको भनाइ छ ।

आन्तरिक उडान कम्तीमा २० प्रतिशत सञ्चालन गर्ने पक्षमा सरकार रहेको मन्त्री भट्टराईको भनाइ छ । आन्तरिक उडान असोज १५ बाट खोल्ने तयारीमा सरकार रहेको बताउँदै उनले भने, ‘सो बेला चाडबाड पनि आउनेछ र उडान पनि सुचारु गर्ने तयारी गरिरहेका छौ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट