नेप्से सूचक १२.४९ अंकले उकालो लाग्यो-Sutra News

नेप्से सूचक १२.४९ अंकले उकालो लाग्यो

बिहिबार, २५ भाद्र २०७७

बिहिबार, २५ भाद्र २०७७

काठमाठौं- बिहीबार सेयर बजार उत्साहजनक भएर बन्द भएको छ।



नेप्से सूचक आज १२ दशमलब ४९ अंकले बढेर १५२० दशमलब ६९ बिन्दुमा आइपुगेको छ। १ सय ८९ कम्पनीको २ अर्ब २० करोड ९६ लाख ४४ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

४२ लाख ६२ हजार ६९८ कित्ता सेयर खरिदबिक्री भएका छन्। कारोबार भएका १२ मध्ये ९ समूहको सूचक बढेको छ।

सबैभन्दा धेरै निर्जीवन बिमा समूहको सूचक ३०२ दशमलब ०२ अंकले बढेको छ। आज राष्ट्रिय बिमा कम्पनीको साधारण र संस्थापक दुवै समूहको सेयर १० प्रतिशतले बढेर सर्किट लागेको छ। रिलायन्स लाइफ र एनआरएन इन्फ्रास्ट्रक्चरको भाउ पनि १० प्रतिशतले बढेको छ।

नबिल इक्विटी फन्डको भाउ सबैभन्दा धेरै ५ दशमलब ६४ प्रतिशतले घटेको छ। खरिदबिक्री रकममा नेपाल पुनर्बिमा कम्पनी अग्रस्थानमा छ। यसको १७ करोड २१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

यसैगरी, नागरिक लगानी कोष र नेपाल लाइफ इन्सुरेन्स पनि धेरै कारोबार हुनेमा दोस्रो र तेस्रो स्थानमा आइपुगेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट