कोरोनाविरूद्धको खोप यसै वर्ष : एस्ट्राजेनेका-Sutra News

कोरोनाविरूद्धको खोप यसै वर्ष : एस्ट्राजेनेका

शुक्रबार, २६ भाद्र २०७७

शुक्रबार, २६ भाद्र २०७७

एजेन्सी– बेलायतको ख्यातिप्राप्त औषधि उत्पादन कम्पनी एस्ट्राजेनेकाले कोभिड–१९ विरूद्धको खोप यसै वर्ष आउने बताएको छ। गत मंगलबार उक्त कम्पनीले विकास गरेको खोप परीक्षणका क्रममा एक व्यक्ति बिरामी परेपछि कम्पनीले खोपको परीक्षणलाई छोटो समयका लागि रोकेको थियो।



एस्ट्राजेनेकाले बिहीबार खोपबारे बजारमा फैलिएका हल्लाहरूपछि त्यसको परीक्षण तत्काल रोकेर परीक्षणमा संलग्न बिरामीको अध्ययन गरिरहेको जनाएको छ। ती व्यक्तिमा खोपका कारण स्वास्थ्य समस्या जटिल भएको हो वा अन्य कारणले स्वास्थ्यमा समस्या आएको हो भन्ने परीक्षणहरू भइरहेको र छिट्टै टुंगोमा पुग्ने कम्पनीले जनाएको छ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत पास्कल सोरियटले सञ्चारमाध्यमलाई उपलब्ध गराएको एक विज्ञप्तिमा भनिएको छ, ‘यस बर्षको अन्त वा अर्को वर्षको सुरुसम्ममा हामीले खोपलाई उपलब्ध गराउन सम्भव छ।’

‘परीक्षणमा संलग्न एक स्वयम्सेवकमा स्वास्थ्य समस्या देखिएको विवरणपछि परीक्षणलाई छोटो समयका लागि रोकिएको छ,’ अक्सफोर्ड विश्वविद्यालयको सहकार्यमा विकसित औषधिको उत्पादक कम्पनी अस्ट्रोजेनेकाले बुधबार घोषणा गरेको थियो।

सुरक्षाको समीक्षा गर्न स्वतन्त्र समिति गठन गरिएको छ। तर, कम्पनीले यसलाई परीक्षणको विश्वसनियातालाई अक्षुण्ण राख्न गरिएको नियमित कार्य भएको जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट