मोटोपन घटाउन के गर्ने ?-Sutra News

मोटोपन घटाउन के गर्ने ?

शुक्रबार, २६ भाद्र २०७७

शुक्रबार, २६ भाद्र २०७७

मानिसहरू स्लिम बन्ने बहानामा अधिकांशले डाइटिङ गर्छन्। तर, शारीरिक विकास हुने उमेरमा डाइटिङ गर्दा शरीरलाई आवश्यक वस्तु आपूर्ति पनि नहुन सक्छ। यसले स्वास्थ्य समस्या निम्त्याउने सम्भावना उच्च रहने डाक्टरहरू बताउँछन्। त्यसैले स्वस्थ जीवनशैली अपनाएर तौल नियन्त्रण गर्न सकिन्छ। त्यसो भए के गर्ने त?



अब यसो गरौं,

अक्सफोर्ड विश्वविद्यालयको एक अनुसन्धान अनुसार शरीरलाई आवश्यक तत्व पुग्ने हिसाबले बिहानको खाना खानुपर्छ। यसमा सागसब्जी, सलाद, माछा, मासु, दूधजन्य परिकार हुनु आवश्यक छ।

फास्टफुड, अत्यधिक चिल्लो, गुलियो, फ्याटी खानेकुरा सकभर खानुहुँदैन, खानैपरे कम मात्र लिनुपर्छ। 

बेलुकाको खाना सकेसम्म कम र चाँडो खानुपर्छ । खाना खानेबित्तिकै सुत्नुहुँदैन। बिहान उज्यालो हुनुभन्दा एक घन्टाअघि नै उठ्दा स्वास्थ्यमा धेरै फाइदा मिल्छ।

एकैपटक धेरै खाना खानुहुँदैन, थोरै–थोरै खाइरहनुपर्छ। एक दिनमा कम्तीमा पनि चारपटक खानुपर्छ। खाजामा गेडागुडी, फलफूल, तरकारी र फाइबर भएका खानेकुरा र जुस समावेश गर्नुपर्छ।

उस्तै पोजिसन र एकै ठाउँमा लामो समयसम्म बस्नुहुँदैन। स-साना काम गरिहनुपर्छ। यसले शरीरलाई स्फूर्त बनाउन मद्दत गर्छ ।

बिहानको समयमा हलुका व्यायाम गर्न सकिन्छ।

तौल घटाउने बहानामा जुन पायो त्यही व्यायाम गर्नुहुँदैन। यसरी जथाभावी व्यायाम गरेमा त्यसले शरीरलाई बेफाइदा गरिरहेको हुन्छ। तौल घटाउने व्यायाम गर्दा चिकित्सकको सल्लाह लिनु आवश्यक हुन्छ।

एजेन्सीको सहयोगमा

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट