विराटनगरमा कोरोना संक्रमित एक महिलाको मृत्यु-Sutra News

विराटनगरमा कोरोना संक्रमित एक महिलाको मृत्यु

शुक्रबार, २६ भाद्र २०७७

शुक्रबार, २६ भाद्र २०७७

काठमाडौं– विराटनगरस्थित कोशी कोभिड उपचार केन्द्रमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ। विराटनगर–१९, की ४४ वर्षीय महिलाको उपचारको क्रममा बिहीबार राति मृत्यु भएको हो।



कोभिड अस्पतालका प्रमुख डा.दिपक सिग्देलका अनुसार ती महिलालाई ५ दिनदेखि ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि बिहीबार दिउँसो कोशी अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो।

सोही दिन गरिएको पिसिआर परीक्षणमा संक्रमण देखिएपछि थप उपचारको लागि कोभिड अस्पताल पठाएको कोशी अस्पतालका प्रमुख डा.सिग्देलले जानकारी दिए।

योसँगै कोरोनाबाट विराटनगरमा हालसम्म १६ जनाको ज्यान गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट