

काठमाडौं– नेपाली बजारमा शुक्रबार सुनचाँदीकै भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलाको ३ सय र चाँदी १५ रुपैयाँले घटेको हो।
छापावाल सुन बिहीबार ९६ हजार ८ सयमा कारोबार भएकामा शुक्रबारका लागि ९६ हजार ५ सय कायम भएको छ। तेजाबी सुन तोलाको ९६ हजार रुपैयाँमा झरेको छ।
चाँदी भने तोलाको १३ सय १० रुपैयाँमा किनबेच भइरहेको छ। बिहीबार चाँदीको मूल्य १३ सय २५ रुपैयाँ प्रतितोला कायम थियो।