लामो तथा छोटो दूरीको यातायात असोज १ गतेबाट सञ्चालन गर्न दिन यातायात व्यवसायीको माग-Sutra News

लामो तथा छोटो दूरीको यातायात असोज १ गतेबाट सञ्चालन गर्न दिन यातायात व्यवसायीको माग

शुक्रबार, २६ भाद्र २०७७

शुक्रबार, २६ भाद्र २०७७

काठमाडौं– यातायात मजदुर र व्यवसायीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्वाङ र कोभिड–१९ संकट व्यवस्थापन (सीसीएसी)लाई असोज १ गतेबाट सार्वजनिक गाडी चलाउने जानकारी गराएका छन्।



नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघं र तीनवटै यातायात मजदुर संगठनले शुक्रबार मन्त्री नेम्वाङलाई भेटेर यातायात चलाउने वातावरण बनाइदिन आग्रह गरेको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनमा अध्यक्ष भीमज्वाला राईले सुत्रन्यूजलाई जानकारी दिए । उनी भन्छन्, ‘अहिलेसम्म सरकारले गर्दै आएको लकडाउन, निषेधाज्ञा मान्दै आएको थियौं अब भने स्वास्थ्यलाई ध्यानमा राख्दै सार्वजनिक यातायात सञ्चालनमा ल्याउन दिन आग्रह गरेका छौं । यातयात मन्त्री ज्यू पनि यसप्रति सकारात्मक हुनुहुन्छ ।’

करिब ६ महिना देखि बन्द रहेको लामो दुरीको सार्वजनिक यातयातमा ११ लाख यातयात श्रमिक रहेका छन् । यस्तै ३ लाख ६० हजार यातयात व्यवसायीहरुसँग आश्रित ४५ लाख भन्दा बढिको जीवन संकटमा परेकोले यातयात व्यवसायीले उत्त कुरालाई ध्यानमा राख्दै यातायात व्यवसाय सञ्चालन गर्न पाउनु पर्ने हाम्रो माग रहेको बताएका छन् । ‘हामी आसोज १ गते विश्वकर्मा पुजा गरेर गाडी चलाउँछौं र त्यसको लागि सहजीकरण गर्न मन्त्री ज्यूलाई आग्रह गरेका छौं। उहाँ पनि सकारात्मक हुनुहुन्छ,’ अध्यक्ष राईले भने।

त्यस्तै, हाल कायम गरिएको १६ सिट भन्दा कम क्षमताको गाडी चलाउन नपाउने प्रावधान पुनःविचार गर्न समेत आग्रह गरिएको उनले बताए । ‘साना गाडी चलाउने मजदुरको अवस्था दिनदिनै दयनीय हुँदै गइरहेको छ। यसकारणं असोज १ गतेबाट चलाउछौं भनेका हौँ,’ उनल भने ।

मन्त्री नेम्वाङले यी विषयबारे सिसिएमसी, स्वास्थ्य मन्त्रालय र प्रधानमन्त्री समक्ष कुरा राख्ने प्रतिवद्धता जनाएको राईले जानकारी दिए । बैठकमा २० वर्ष पुरानो गाडी चलाउन पाउनुपर्ने, होल्डिङ सेन्टरबाट घर जाने यात्रुको लागि पारदर्शी रुपमा व्यवसायीले यातायात संचालन गर्न पाउनुपर्ने लगायत विषयमा छलफल भएको थियो।
119167712_799793987515909_7423101131609049315_n.jpg119038878_851711095233042_1863789424897449700_n.jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट