अभिनेत्री कंगनालाई क्षतिपुर्ति दिन मन्त्रीको माग-Sutra News

अभिनेत्री कंगनालाई क्षतिपुर्ति दिन मन्त्रीको माग

शुक्रबार, २६ भाद्र २०७७

शुक्रबार, २६ भाद्र २०७७

मुम्बई- भारतका युनियन मन्त्री रामदास अथावालेले अभिनेत्री कंगना रणावतले क्षतिपूर्ति पाउनुपर्ने बताएका छन्। उनले महाराष्ट्रका गर्भनर भजत सिंह कोशयारीसँगको बैठकपछि बिएमसीले रणावतको कार्यालयमा गरेको तोडफोडको क्षतिपुर्ति दिनुपर्ने बताएका हुन्।



बिएमसीले कंगना रणावतको कार्यालयलाई गैरकानुनीरुपमा निर्माण भएको भन्दै तोडफोड गरेको थियो। पछि कंगनाका वकिलले उच्च अदालतमा निवेदन दिएपछि बिएमसीलाई तोडफोड गर्न रोक लगाएको थियो। सो सन्दर्भमा अथावालेले भनेका छन्, ‘मैले आज महाराष्ट्रका गर्भनरसँग कंगना रणावतको सम्पत्तमा भएको तोडफोडबारे कुराकानी गरेको थिएँ। मैले उनलाई क्षतीपूति दिनुपर्ने माग राखेको छु।’

अथावालेले बिएमसीले गरेको काम गलत भएको पनि बताए । उनले भने ‘जुन तरिकाले बिएमसीले तोडफोड गरेको छ, त्यो गलत हो। उनलाई न्याय दिनुपर्छ।’

बिएमसीले केही दिनअघि कंगनाको मणिकर्निका फ्लिम्सको कार्यालयलाई गैरकानुनीरुपमा निर्माण भएको बन्दै सूचना दिएको थियो। २४ घण्टाको समय दिएको बिएमसीले भोलिपल्ट कंगनाको कार्यालयमा तोडफोड गरेको थियो। पछि बम्बई उच्च अदालतले तोडफोडलाई रोक्न आदेश दिएको थियो। केन्द्रीय मन्त्री रामदास अथावाले कंगनालाई बिहीबार उनकै निवासमा भेटेर अभिनेत्रीले क्षतिपूर्ति पाउनुपर्ने बताएका थिए।

अर्कातिर, कंगना रणावतकी आमा आशा रणावत पनि आफ्नो छोरीको पक्षमा बोलेकी छन्। उनले समाचार एजेन्सी एएनआइलाई भनेकी न्, ‘महाराष्ट्र सरकारले गरेको काम निन्दनीय छ। म त्यसको गम्भीररुपमा निन्दा गर्छु।’ सँगै उनले आफ्नो छोरीको साथमा उभिएका मान्छेहरु देखेर खुसी भएको बताएकी छिन् । उनले भनेकी छिन्, ‘पुरै भारत मेरो छोरीको साथमा उभिएको दे्रख्दा म खुसी छु। सधैं सत्यको पक्षमा उभिने मेरो छोरीमाथि मलाई गर्व महसुस भएको छ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट