कित्ताकाट तत्काल सुरु गर्नुपर्ने मागसहित जग्गा व्यवसायीद्वारा मालपोत कार्यालयमा धर्ना-Sutra News

कित्ताकाट तत्काल सुरु गर्नुपर्ने मागसहित जग्गा व्यवसायीद्वारा मालपोत कार्यालयमा धर्ना

शुक्रबार, २६ भाद्र २०७७

शुक्रबार, २६ भाद्र २०७७

काठमाडौं- विराटनगर मालपोत कार्यालयले जग्गा कित्ताकाट सुरु गर्न नमानेको भन्दै घरजग्गा व्यवसायीले आज एक घण्टाका लागि कार्यालय बन्द गराएका छन्।



व्यवसायीले आइतबारदेखि पनि काम सुरु नगरे कार्यालय पूर्णरुपमा बन्द गर्ने चेतावनी दिएका छन्।

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले यही भदौ १८ गते मन्त्रिपरिषद्को बैठकबाट निर्णय गराइ सो कारोबार सुरु गर्न निर्देशन दिइसकेको छ।

नेपाल सरकारबाट जग्गा खण्डीकरण सम्बन्धमा कार्यालयलाई पत्र पठाए पनि मालपोत कार्यालयले सो निर्णय कार्यान्वयन गर्न आनाकानी गरिरहेकामा आपत्ति जनाउँदै व्यवसायीले तत्काल जग्गा कित्ताकाटको प्रक्रिया आरम्भ गर्न माग गरेका छन्।  

तीन वर्षदेखि रोक्का रहेको सो कार्य नहुँदा व्यवसायी निकै मर्कामा परिरहेको र बैंक पनि समस्यामा परेको घरजग्गा व्यवसायी सङ्घका अध्यक्ष घनश्याम पोखरेलले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट