नवलपरासीका कोरोना संक्रमितको बुटवलमा मृत्यु-Sutra News

नवलपरासीका कोरोना संक्रमितको बुटवलमा मृत्यु

शुक्रबार, २६ भाद्र २०७७

शुक्रबार, २६ भाद्र २०७७

रुपन्देही- बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत पश्चिम नवलपरासीका एक कोरोना संक्रमितको आज मृत्यु भएको छ।



अस्पतालको सघन उपचार कक्षमा उपचाररत सुस्ता गाउँपालिका-५ का ५५ वर्षीय पुरुषको बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए।

भदौ १९ गते कोरोना संक्रमण पुष्टि भएका पुरुषमा कलेजो, मधुमेह र उच्च रक्तचापको समस्या रहेको अस्पतालले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट