रीया चक्रवर्तीको जमानत खारेज, दुई हप्ता थुनामै बस्नुपर्ने-Sutra News

रीया चक्रवर्तीको जमानत खारेज, दुई हप्ता थुनामै बस्नुपर्ने

शुक्रबार, २६ भाद्र २०७७

शुक्रबार, २६ भाद्र २०७७

मुम्बई- सुशान्त सिंह राजपूतको मृत्युसँगै बाहिर आएको ड्रग्सको मुद्दामा पक्राउ परेकी रीया चक्रवर्तीको जमानत खारेज भएको छ। उनले अब आगामी सेप्टेम्बर २२ तारिखसम्म जेलमै बस्नुपर्ने भएको छ।



रीयासँगै उनका भाइ शोविक चक्रवर्ती, अब्दुल बासित, जैद विलात्रा, दीपेश सावन्त तथा सेमुअल मिरान्डाको पनि जमानत खारेज भएको हो।

अदालतको फैसला सुनाउँदै न्यायाधीश जेवी गुरवले यो गम्भीर अपराध भएकाले छानबिन हुन आवश्यक रहेको भन्दै उनीहरुको जमानत खारेज गरेका छन्।

रीयालाई मंगलबार एनसिबीले लागुऔषधको मुद्दामा गिरफ्तार गरेको थियो।

अदालतले आज गरेको निर्णयमा रीया चक्रवर्तीका वकिल सती मानशिन्देले अदालतको निर्णयको कागजात पाएपछि आगामी कदम उठाउने बताएका छन्। उनले आगामी हप्ता उच्च अदालतमा अपिल गर्न सकिने बताएका हुन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट