पाँच विषाक्त सेनिटाइजरमाथि औषधि विभागको प्रतिबन्ध-Sutra News

पाँच विषाक्त सेनिटाइजरमाथि औषधि विभागको प्रतिबन्ध

शनिबार, २७ भाद्र २०७७

शनिबार, २७ भाद्र २०७७

काठमाडौं- औषधि व्यवस्था विभागले विषाक्त रसायन मिश्रित सेनिटाइजरको सूची सार्वजनिक गरी प्रयोग गर्न सर्वसाधारणलाई आगंह गरेको छ ।



विभागले स्वास्थ्यका लागि हानी पुर्‍याउने ५ प्रोडक्टका सेनिटाइजर प्रयोग नगर्न सर्वसाधारणलाई आग्रह गरेको हो।

विभागले हाल विक्री वितरण गरिरहेका ह्याण्ड सेनिटाइजरहरुको नमुना संकलन गरी राष्ट्रिय प्रयोगशालामा परीक्षण गर्दा तोकेको स्वास्थ्य मापदण्ड पूरा नगरेको फेला पारेको थियो।

भक्तपुरस्थित कायाकल्प उद्योगको इन्स्टेन्ट ह्याण्ड सेनिटाइजर, काठमाडौंस्थित हाइजेनिक सप एण्ड केमिकल प्रालिको इन्स्टेन्ट ह्याण्ड सेनिटाइजर ओरिजिनल, आधार केमिकल्स एण्ड फुड इण्डस्ट्री प्रालीको एडभान्स ह्याण्ड सेनिटाइजर, सर्च केमिकल कम हेल्थ प्रोडक्ट्सको इन्स्टेन्ट ह्याण्ड सेनिटाइजर रिफ्रेसिङ जेल र सूर्यमुखी हर्बल प्रोडक्ट्स प्रालिको सूर्यमुखी ह्याण्ड सेनिटाइजरलाई बिक्री वितरणमा रोक लगाएको विभाले जनाएको छ ।

119140929_810468709761205_7448391361384787965_n.jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट