सीमामा तनाव कम गर्ने चीन र भारतको सहमति स्वागतयोग्य : श्रेष्ठ-Sutra News

सीमामा तनाव कम गर्ने चीन र भारतको सहमति स्वागतयोग्य : श्रेष्ठ

शनिबार, २७ भाद्र २०७७

शनिबार, २७ भाद्र २०७७

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले सीमा क्षेत्रमा जारी तनाव कम गर्न चीन र भारतले गरेको सहमति स्वागतयोग्य भएको बताएका छन्।



समाजिक सञ्जाल ट्वीटरमा श्रेष्ठले लेखेका छन्, ‘चीन र भारत लद्दाखको सीमा क्षेत्रमा तनाव कम गर्न सहमत हुनु स्वागत योग्य कदम हो।’

भविष्यमा वार्तामार्फत् नै अन्य मुद्दाको समाधान हुने आशा पनि उनले व्यक्त गरेका छन्। ‘आशा गरौं, संवादमार्फत् निकट भविष्यमा उनीहरुले अन्य मुद्दा पनि समाधान गर्ने छन्,’ श्रेष्ठले लेखेका छन्, ‘यसले निश्चितरुपमा क्षेत्रीय शान्ती प्रवद्धन गर्न योगदान पुर्‍याउने छ।’

सीमाका कारण दुई देशबीच तनाव बढिरहेका बेला बिहीबार रुसको मस्कोमा दुई देशका विदेश मन्त्रीहरुबीच ५ बुँदे सहमति  भएको थियो। उक्त सम्झौतामा दुवै देश जारी सीमा विवादबाट पछाडि हट्न तयार भएका छन्। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट