काठमाडौं- काठमाडौंको तिनकुने-बानेश्वर सडक खण्डमा प्लेन गुडेको देखेर मानिसहरु चक्कित परे। उक्त प्लेनलाई अर्को गाडीको सहारामा गुडाइँदै माइतीघरतिर लगिँदैथियो।
नेपाली सेनाको उक्त प्लेन खासमा नारायणहिटी लगिदै थियो। नेपाली सेनाको उक्त एभ्रो विमान लामो समयदेखि त्रिभुवन विमानस्थलमा थन्किएको थियो।
नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार बेलायतमा बनेको उक्त विमान नारायणहिटी म्युजियममा लान लागिएको हो। सार्वजनिकरुपमा अवलोकन गर्न पाउनेगरी त्यहाँ लान लागिएको उनले जानकारी दिए।
यो विमान वि. सं. २०३१ मा नेपाल ल्याइएको थियो। यो विमान राजा वीरेन्द्रले आफ्ना भ्रमणहरुमा प्रयोग गर्ने गरेका थिए।