काठमाडौं– काठमाडौं उपत्यकामा थप ४३१ सहित एक हजार दुई सय एक जनामा कोरोना भाइरस संक्रमित पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा काठमाडौं ३७७, ललितपुरका ३७ र भक्तपुरका १७ जनामा कोरोना पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले हाल देशभरमा सक्रिय संक्रमितको संख्या १५ हजार दुई सय ६० रहेको जानकारी दिए। हालसम्म नेपालमा जम्मा संक्रमित ५३ हजार २२० छन्।
शनिबार विभिन्न जिल्लामा गरी ८५२ व्यक्ति कोरोना संक्रमणमुक्त भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ३७ हजार ५२४ छ। नेपालमा जम्मा संक्रमितमध्ये निको हुने ७०.६ प्रतिशत पुगेको छ।
पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १० हजार १७६ नमूना परीक्षण भएका थिए। हालसम्म आठ लाख ३१ हजार ३६१ नमूना परीक्षण भइसकेका छन्। हाल देशभरमा क्वारेन्टिनमा रहनेको संख्या ६ हजार ३५४ छ।
देशभरमा सक्रिय संक्रमितमध्ये नौ हजार १०७ संस्थागत आइसोलेसन र छ हजार १५३ होम आइसोलेसनमा छन्। देशभर १६० संक्रमित सघन उपचार कक्षमा उपचाररत छन् भने २४ संक्रमित भेण्टिलेटरमा छन्।
आजसम्म सात जिल्लामा संक्रमित ६ सयभन्दा बढी छन् भने सात जिल्ला शून्य छन्। पाँच सय भन्दा बढी संक्रमित रहेका जिल्लामा सुनसरी, सर्लाही, चितवन, ललितपुर, काठमाडौं र रुपन्देही छन्। त्यस्तै हाल संक्रमितको संख्या शून्य रहेका जिल्लामा सोलुखुम्बु, मनाङ, मुस्ताङ, डोल्पा, मुगु, ग्यादी र हुम्ला छन्।
त्यसैगरी काठमाडौं उपत्यकामा पाँचसहित पछिल्लो २४ घण्टामा कोभिड–१९ का कारण थप १४ जनाको मृत्यु भएसँगै देशभर संक्रमणका कारण मृत्यु हुनेको संख्या ३३६ पुगेको छ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका पाँच जनाको मृत्यु भएको छ। काठमाडौंका ५१ र ५४ वर्षीय पुरुष तथा ७६ वर्षीया महिला र भक्तपुरका ३८ तथा ७४ वर्षीय पुरुषको मृत्यु भएको हो।