धनियाका फाइदा-Sutra News

धनियाका फाइदा

आइतबार, २८ भाद्र २०७७

आइतबार, २८ भाद्र २०७७

हरियो धनिया होस् वा सुकाएर तयार गरी पिसेको धनिया राखेर खाँदा निकै स्वादिलो हुन्छ। अचारमा पनि धनियाको पात मिसाउँदा सुगन्धित हुन्छ।



खानालाई स्वादिलो बनाउन धनियाको प्रयोग गर्छौँ। तर, धनियाले केवल खानालाई स्वादिलो वा सुगन्धित बनाउने मात्र होइन। धनियामा औषधिको गुण पाइन्छ। धनियाको नियमित सेवनले स्वास्थ्य समस्याबाट जोगाउँछ।

धनियाका गुण

जोर्नी दुख्ने समस्या अर्थात् आर्थ्राइटिस बिरामीका लागि धनिया निकै लाभदायी हुन्छ। धनियाका पातमा एन्टी ट्युमेरिक तथा एन्टी आर्थ्राइटिक गुण हुन्छ। जसले जोर्नी सुन्निने तथा दुख्ने समस्या कम गर्छ।

आँखालाई स्वस्थ राख्न पनि धनियाको नियमित सेवन गर्नुपर्ने हुन्छ। धनियाको पात पानीमा उमाल्ने र त्यसलाई छानेर पानी बोतलमा खन्याउने। त्यो पानी चिसो बनाएर दुइ थोपा नियमित आँखामा राख्ने गर्दा आँखा पोल्ने तथा दुख्ने र बढि आँसु आउने समस्या कम हुन्छ।

गर्भावस्थामा आउने वान्ता रोक्न पनि धनिया उपयोगी हुन्छ। गर्भवती महिलालाई आउने वान्ता र वाकवाकीको समस्या कम गर्न धनियाको पात पानीमा पकाउने अनि त्यो पानीलाई छानेर चिसो बनाएर पिसेको मिश्री राखेर खाने गर्नुपर्छ।

छालाको सुन्दरताका लागि पनि धनिया लाभदायी हुन्छ। धनियाको पातले छालालाई सुन्दर र स्वस्थ बनाउँछ। धनियाको पात मज्जाले पिसेर अनुहारमा लगाउने र केही बेर राखेर सफा पानीले अनुहार पखाल्नुपर्छ।

धनियाको पातको रसमा हलेदोको रस मिलाएर अनुहारमा लगाउँदा विभिन्न खालका खटिरा तथा अन्य खाले छालाका रोग पनि निको हुन्छ र अनुहारमा चमक बढ्छ।

धनिया मधुमेह तथा उच्च रक्तचापका विरामीका लागि समेत लाभदायी हुन्छ। यसले सरीरमा इन्सुलिनको मात्रा सन्तुलित गर्ने, कोलेस्टेरोल तथा चिनीको मात्रा समेत सन्तुलित गर्न मद्दत गर्छ। एजेन्सी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट