काठमाडौं– काठमाडौं उपत्यकामा बिहानैदेखि वर्षा भइरहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालभन्दा दक्षिणतर्फ अवस्थित रहँदा वर्षा भएको हो।
जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा नेपालभन्दा दक्षिणतर्फ अवस्थित रहेको र प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ का थोरै स्थानमा वर्षा भइरहेको जानकारी दिएको छ।