काठमाडौं– सभामुख अग्निप्रसाद सापकोटा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ७ का पहिरो प्रभावितहरुलाई भेट्न आइतबार बिहानै प्रभावित क्षेत्र पुगेका छन्। स्थलमार्ग हुँदै उनी सिन्धुपाल्चोकको बाह्रबिसे पुगेका हुन्।
पहिरोले घुम्थाङको नागपुजे र भीरखर्कमा क्षति पुगेको जानकारी पाएपछी सभामुख बिहानै त्यसतर्फ लागेका थिए। सभामुखका सञ्चार विज्ञ श्रीधर न्यौपाने भन्छन्, ‘पहिरोले क्षति भएको जानकारी आयो। त्यसपपछि सभामुखज्यू तत्कालै प्रभावित क्षेत्र हिँड्नु भएको हो।’