

काठमाडौं- सुनचाँदीको भाउ आइतबार स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको ९६ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९६ हजार रुपैयाँ निर्धारण भएको छ। यस दिन चाँदीको भाउ पनि अघिल्लो दिनकै स्थिर अर्थात् प्रतितोला १३ सय १० रुपैयाँ कायम भएको छ।