सिन्धुपाल्चोकमा पटक–पटक विपद्, पहिरोले नागपुजे र भीरखर्कका १८ घर पुरियो (फोटोफिचर)-Sutra News

सिन्धुपाल्चोकमा पटक–पटक विपद्, पहिरोले नागपुजे र भीरखर्कका १८ घर पुरियो (फोटोफिचर)

आइतबार, २८ भाद्र २०७७

आइतबार, २८ भाद्र २०७७

काठमाडौं– सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका–७ घुम्थाङको नागपुजेमा बिहान साढे ३ बजे खसेको पहिरोले कम्तीमा आठ घर र भीरखर्कमा कम्तीमा १० घर पुरिएका छन्। तर, क्षतिको पूर्ण विवरण आइसकेको छैन। 



नागपुजेमा पुरिएका घरका सबै मानिस बेपत्ता छन्। भीरखर्कका पुरिएका घर र बेपत्ता मानिसबारे नजिक पुगेर जानकारी लिन कठिन भइरहेको छ। यतिखेर नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी उद्धार कार्यमा खटिएका छन्।

त्यस्तै जुगल गाउँपालिका–५ चनौटेमा पहिरो जाँदा केही घरहरु पुरिएको छ। त्यहाँ मानवीय क्षति नभएको बताइएको छ। घटना थाहा हुनेबित्तिकै प्रहरी घटनास्थलतर्फ लागेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए।

सभामुख अग्निप्रसाद सापकोटा स्थलमार्गबाट घटनास्थलमा पुगेका छन्। सिन्धुपाल्चोक सभामुख सापकोटाको गृह जिल्ला हो।

सिन्धुपाल्लचोकै जुगलमा गत साउन ३० गते गएको पहिरोमा ३९ जना बेपत्ता भएकामा अहिलेसम्म ३७ जनाको शव फेला परेको छ भने दुईजना अझै बेपत्ता छन् ।

119239586_10223728904672933_7094393190904133124_o.jpg119087271_10223728911193096_2197049528015090324_o.jpg119151673_10223728912353125_1220826399757337943_o.jpg119198593_10223728911873113_1417658227751442960_o.jpg119218648_10223728909953065_5623534332124255725_o.jpg119120894_10223728908553030_6033102983034090779_o.jpg

तस्बिर सभामुख अग्निप्रसाद सापकोटाका सञ्चारविज्ञ श्रीधर सापकोटा 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट