

काठमाडौं– नेपाल राष्ट्रिय सुनचाँदी व्यवसायी मञ्चले समय सीमा तोकेर व्यवसाय खुलाउन माग गरेको छ।
सोही माग राखी जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जनकराज दाहाललाई ज्ञापनपत्र बुझाएको छ।
आइतबार मञ्चका केन्द्रीय अध्यक्ष गणेशप्रसाद लकान्द्रीसहितको टोलीले ज्ञापनपत्र बुझाएका हुन्।
ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी दाहाल व्यवसाय खुलाउन सकारात्मक देखिएको मञ्चका अध्यक्ष लकान्द्रीले जानकारी दिए।
मञ्चले सुनचाँदी पसल समय सीमा तोकेर तत्कालन खोल्नुपर्ने माग राखेको छ। अन्य व्यवसायभन्दा सुनचाँदी व्यवसाय सुरक्षित व्यवसाय भएकाले पनि खुला गर्नुपर्ने उनीहरूको तर्क छ।
कोरोना भाइरस संक्रमण बढेको भन्दै सरकारले सुनचाँदी व्यवसाय सञ्चालनमा रोक लगाएको छ।