भारतका गृहमन्त्री शाह अस्पताल भर्ना-Sutra News

भारतका गृहमन्त्री शाह अस्पताल भर्ना

आइतबार, २८ भाद्र २०७७

आइतबार, २८ भाद्र २०७७

एजेन्सी– भारतका संघीय गृहमन्त्री अमित शाह नयाँ दिल्लीस्थित एम्स अस्पतालमा अस्पताल भर्ना भएका छन्। पूर्ण स्वास्थ्य परीक्षणका लागि उनलाई अस्पताल भर्ना गरिएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन्।



उनलाई गत अगस्टको २ तारिखमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो। त्यसपछि कोरोना नेगेटिभ देखिएपछि उनलाई अगस्ट १४ मा डिस्चार्ज गरिएको थियो। त्यसपछि लगातार उच्च स्वास्थ्य निगरानीमा रहेका शाह त्यतिबेलाको संक्रमणको अन्तिम परीक्षणका लागि अहिले फेरी अस्पताल भर्ना भएका हुन्।

संसदको नयाँ अधिवेशन सुरु हुनु अगाडि उनको पूर्ण स्वास्थ्य परीक्षण गर्न लागिएको भारतीय अधिकारीहरूले बताएका छन्। ‘गृह मन्त्री शाहलाई यसअघि गत अगस्त ३० मा अस्पतालबाट उहाँको निवासमा पठाइएको थियो, अहिले फेरी उहाँलाई भर्ना गरिएको छ,’ अस्पतालद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट