बाढी-पहिरो पीडितका लागि भारतले दियो आपतकालीन राहत सहयोग-Sutra News

बाढी-पहिरो पीडितका लागि भारतले दियो आपतकालीन राहत सहयोग

आइतबार, २८ भाद्र २०७७

आइतबार, २८ भाद्र २०७७

काठमाडौं- भारत सरकारको तर्फबाट भारतीय राजदूतावासका नियोग उप-प्रमुख नामग्य सी. खम्पाले प्रतिनिधिसभा सदस्य तथा नेपाल-भारत महिलामैत्री समाजका अध्यक्ष चन्दा चौधरीलाई आपतकालीन राहत सामग्री हस्तान्तरण गरेकी छन्।



टेन्ट तथा त्रिपाललगायतका उक्त राहत सामग्रीहरु नेपालका पाँच जिल्लाका बाढी तथा पहिरोबाट प्रभावित परिवारहरुलाई वितरण गरिनेछ।

बाढी र पहिरोका कारण हालसालै भएको विनाश र जनधनको क्षतिलाई ध्यानमा राख्दै यी राहत सामग्रीहरु नेपाल-भारत महिलामैत्री समाजले प्रदेश नम्बर २, ३, ५ र ७ का कैलाली, महोत्तरी, नवलपरासी, सर्लाही र सिन्धुपाल्चोक जिल्लाका स्थानीय सरकारसँग समन्वय गरी वितरण गर्नेछ।

भारत सरकारको नियमित मानवीय सहयोग तथा आपतकालीन राहत सहायताअन्तर्गत उक्त राहत सामग्री नेपाललाई वितरण गरिएको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट