नेकपामा महाधिवेशन लक्षित गतिविधि सुरु-Sutra News

नेकपामा महाधिवेशन लक्षित गतिविधि सुरु

आइतबार, २८ भाद्र २०७७

आइतबार, २८ भाद्र २०७७

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा महाधिवेशन लक्षित गतिविधि सुरु भएका छन्। भदौ २६ गते बसेको स्थायी समिति बैठकले महाधिवेशनमा केन्द्रित हुने निर्णय गरेको २ दिनपछि आइतबार नेकपाको संगठन विभागको बैठक बस्यो।



बैठकले मङ्सिर मसान्तभित्र सदस्यता नवीकरण गरिसक्ने निर्णय गरेको छ। पार्टी कार्यालय धुम्बाराहीमा मध्याह्न १२ बजेदेखि सवा ३ सम्म चलेको विभागको बैठकले असोज मसान्तभित्र पार्टी सदस्यहरूको विवरण संकलन, कात्तिक मसान्तभित्र अद्यावधिक र मंसिर मसान्तभित्र नवीकरण गरिसक्ने निर्णय गरेको छ।

बैठकमा संगठन विभाग प्रमुख वामदेव गौतमसहित उपप्रमुख जनार्दन शर्मा, सदस्यहरू खगराज भट्ट, रेखा शर्मा, हरि अधिकारी, मातृका यादवसहित सातै प्रदेशका इन्चार्जहरू थिए।

नेकपाको स्थायी कमिटी बैठकले पार्टीको महाधिवेशन २०७७ चैत २५ देखि ३० गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको थियो। त्यसको तयारीसँग सम्बन्धित कामहरुलाई अगाडि बढाउन यही कात्तिक १५ गतेदेखि १७ गतेसम्म पार्टी केन्द्रीय समितिको बैठक बस्ने पनि बैठकले निर्णय लिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट