आइतबार सेयर बजार सकारात्मक-Sutra News

आइतबार सेयर बजार सकारात्मक

आइतबार, २८ भाद्र २०७७

आइतबार, २८ भाद्र २०७७

काठमाडौं- हप्ताको पहिलो दिन सेयर बजार सकारात्मक भएर बन्द भएको छ। खुलेको केही समयमा नै टिएमएस नचलेर बन्द भएको सेयर बजार पुनः २ बजेर २५ मिनेटबाट खुलेर ५ बजेर ३० मिनेटसम्म सञ्चालनमा आएको थियो।



अहिले वित्तीय प्रणालीमा अधिक तरलताको रहेको अवस्था छ। जसको कारण बजार माथि जान सहयोग पुगेको जानकारहरु बताउँछन्। अहिले लगानीकर्ताहरु बीमा कम्पनीतर्फ आकर्षित भएका छन्। वित्तीय क्षेत्रमा अधिक तरलताका कारण ब्याजदर घटेको छ। ब्याजदर घटेकाले सेयर बजारमा सकारात्मक प्रभाव परेको लगानीकर्ताहरुको भनाइ छ।

आज नेप्से सूचक १६.५६ अंकले बढेर १५३७.२५ बिन्दुमा पुगेको छ। १९१ कम्पनीको तिन अर्ब ३८ करोड ६८ लाख ५९ हजार ९७२ रुपैयाँको कारबार भएको छ। खरिद बिक्री भएका १२ समूहमध्ये नौं वटा समूहको सूचक उकालो लागेका छन्। बाँकी तिन समूहको सूचक भने घटेको छ।

यता सबैभन्दा धेरै निर्जीवन बीमा कम्पनी माथि लागेको छ। यसको सूचक ३२५.१५ अंकले उकालो लागेको छ। रिलायन्स लाइफ इन्सुरेन्स, एनआरएन इन्फ्रास्टक्चर र एनआरएन लघुवित्तको भाउ १० प्रतिशतका दरले बढेको छ।

खरिदबिक्रीमा नेपाल पुनर्बिमा कम्पनी अग्रस्थानमा छ। यसको २४ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको हो। दोस्रोमा नेपाल लाइफ इन्सुरेन्स र तेस्रोमा नागरिक लगानी कोष परेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट