कुलमानको कार्यकाल आजदेखि सकिँदै, पुनःनियुक्ति बारे अन्योल-Sutra News

कुलमानको कार्यकाल आजदेखि सकिँदै, पुनःनियुक्ति बारे अन्योल

आइतबार, २८ भाद्र २०७७

आइतबार, २८ भाद्र २०७७

काठमाडौं- नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको चार वर्षे कार्यकाल आज सकिँदैछ। आज राति १२ बजेबाट उनी बिद्युत प्राधिकरणबाट बाहिरिँदैछन्।



घिसिङ फेरि कार्यकारी निर्देशको रुपमा नियुक्त हुन्छन् वा सरकारले उनको ठाँउमा कुनै अरु व्यक्तिलाई चयन गर्छ भन्ने सर्वत्र चर्चा र चासोको विषय बनेको छ।

तर सरकारको तर्फबाट उनलाई पुनः नियुक्त गर्नेबारे केही कुरा आएको छैन। सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले यसबारे निर्णय गर्ने ऊर्जामन्त्री वर्षमान पुनका प्रेस सल्लाहकार दयानिधि भट्टले जानकारी दिए।

सर्वसाधारणले भने उनलाई पुनः नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको रुपमा नियुक्त गर्नुपर्ने आवाज उठाइरहेका छन्। यस्तै, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले पनि घिसिङलाई पुनः नियुक्ति गर्न मन्त्रिपरिषद्मा प्रस्ताप पेस गर्ने तयारी गरेको स्रोतहरुको भनाइ छ।

घिसिङ ४ वर्ष पहिले २०७३ भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए। उनले दैनिक १८ घण्टासम्म हुँदै आएको लोडसेडिङलाई अन्त्य गरेर सबैको वाहावाही पाएका थिए।

उनको पहलमा २०७३ को तिहारको लक्ष्मीपूजाका दिनबाट परीक्षणका रूपमा काठमाडौंलगायत देशका प्रमुख सहरलाई लोडसेडिङमुक्त भएको घोषणा गरिएको थियो।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट