काठमाडौं– आज सोमबार केही प्रदेशमा भारी वर्षा हुने सम्भावना छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभर मध्यम तथा हल्का वर्षा हुने तथा केही प्रदेशमा भारी वर्षा हुनसक्ने बताएको हो।
हाल मनसुनको न्यून चापीय रेखा नेपालभन्दा दक्षिणतर्फ अवस्थित रहेको छ। हाल देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, बागमाती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भईरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
सोमवार दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।