बाढी–पहिरो पीडितलाई भारत सरकारद्वारा आपतकालीन राहत-Sutra News

बाढी–पहिरो पीडितलाई भारत सरकारद्वारा आपतकालीन राहत

सोमबार, २९ भाद्र २०७७

सोमबार, २९ भाद्र २०७७

काठमाण्डौं– भारत सरकारको तर्फबाट भारतीय राजदूतावासका नियोग उप–प्रमुख नामग्य सी.खम्पाले प्रतिनिधिसभा सदस्य तथा नेपाल–भारत महिला मैत्री समाजका अध्यक्ष चन्दा चौधरीलाई आपतकालीन राहत सामग्री हस्तान्तरण गरेकी छिन्।



टेन्ट तथा त्रिपाल लगायतका उक्त राहत सामग्री नेपालका पाँच जिल्लाका बाढी तथा पहिरोबाट प्रभावित परिवारहरुलाई वितरण गरिनेछ।

बाढी र पहिरोका कारण हालसालै भएको विनाश र जनधनको क्षतिलाई ध्यानमा राख्दै यी राहत सामग्रीहरु नेपाल-भारत महिला मैत्री समाजले प्रदेश नम्बर २, ३, ५ र ७ का कैलाली, महोत्तरी, नवलपरासी, सर्लाही र सिन्धुपाल्चोक जिल्लाका स्थानीय सरकारसँग समन्वय गरी वितरण गर्नेछ।

भारत सरकारको नियमित मानवीय सहयोग तथा आपतकालीन राहत सहायता अन्तर्गत उक्त राहत सामग्री नेपाललाई वितरण गरिएको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट