चितवनमा थप २८ जनामा कोरोना भाइरसको संक्रमण-Sutra News

चितवनमा थप २८ जनामा कोरोना भाइरसको संक्रमण

सोमबार, २९ भाद्र २०७७

सोमबार, २९ भाद्र २०७७

काठमाडौं– चितवनमा थप २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। भरतपुर अस्पतालको कोभिड–१९ ल्यावमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको हो। संक्रमित सबै चितवनकै हुन्।



भरतपुर अस्पतालले सोमबार बिहान सार्वजनिक गरेको विवरणअनुसार भरतपुरका ७ पुरूष र ४ महिला गरी ११ जना, कालिकाका ५ पुरूष र ५ महिला, इच्छाकामनाका ६ पुरूष र रत्ननगरका एक पुरूषमा संक्रमण पुष्टि भएको हो।

संक्रमित हुनेमा २ वर्षीय बालकसहित ४ वर्षीया बालिका र  ५५ वर्ष उमेर समूहका महिलासम्म छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट