टाउकोमा टेकेर पार्टी एकता गरिएको हो, त्यसैले यो मूल्यवान छ : ईश्वर पोखरेल-Sutra News

टाउकोमा टेकेर पार्टी एकता गरिएको हो, त्यसैले यो मूल्यवान छ : ईश्वर पोखरेल

सोमबार, २९ भाद्र २०७७

सोमबार, २९ भाद्र २०७७

काठमाडौं– सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य एवम् रक्षामन्त्री ईश्वर पोखरेलले पार्टीमा प्राप्त उपलब्धिलाई जोगाउन एकता आवश्यक रहेको बताएका छन्।



पार्टीको आन्तरिक विवाद समाधान गरेर महाधिवेशन गतिविधिमा केन्द्रित नेकपाले आगामी चैतमा महाधिवेशन गर्ने कार्यतालिका यसअघि नै सार्वजनिक गरेको छ।

पार्टीमा विचार, विधि र नेतृत्वमा एकता नै सबैभन्दा ठूलो रहेको बताउँदै नेता पोखरेलले सोमबार सामाजिक सञ्जाल आफ्नो विचार लेख्दै उपलब्धिलाई जोगाउनुपर्ने बताएका हुन्।

‘नेकपाले झन्झावातसित जुद्धै हालै आफ्नो स्थायी कमिटीको बैठक सफलताका साथ सम्पन्न गरेकोछ। चुनौती देखिएका थिए। तर, उन्नस्तरको एकताको भावना र त्यस अनुरूपको प्रयत्न निर्णायक रह्यो। एकताको कुरा गरिरहँदा आफैंभित्र छरपस्ट देखिएका कमजोरीहरू लुकाउन खोजिएको होइन। तर, सगर्व उद्घोष गर्नैपर्छ, तिनै कमजोरीहरूको टाउकोमा टेकेर एकताको उद्घोष गरिएको हो, नेता पोखरेलले लेखेका छन्, ‘त्यसैले यो मूल्यवान छ, जसको रक्षा गर्न/गरिरहन संकल्पवद्ध हुनैपर्छ।’

महाधिवेशनको मञ्चले पार्टी एकतालाई थप उचाइमा पुगेर विचारलाई स्थापित गर्ने विश्वास पोखरेलको छ।

महाधिवेशनले परिवर्तित सन्दर्भमा विधि निर्माण गर्ने र चलाकीका साथ परिवर्तनको ‘लिप सर्विस’ वा ‘लकिर का फकिर’ नभई परिवर्तनको वेगलाई गतिवान भएर सामना गर्ने नेतृत्व निर्माण विश्वास पनि पोखरेलले गरेका छन्। त्यसैको लागि पार्टीभित्र एकता अपरिहार्य रहेको पोखरेलले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट