समर्थनको नयाँ शैली : कंगनाका समर्थकले बनाए प्रिन्टेड साडी-Sutra News

समर्थनको नयाँ शैली : कंगनाका समर्थकले बनाए प्रिन्टेड साडी

सोमबार, २९ भाद्र २०७७

सोमबार, २९ भाद्र २०७७

एजेन्सी– महाराष्ट्र सरकार र शिवसेनासँग भइरहेको बलिउड अभिनेत्री कंगना रणावतको विवाद चर्चामा छ। बिएमसीले पनि केही दिनअघि मात्रै कंगनाको कार्यालयमा तोडफोड गरेको थियो।



यसैबीच अभिनेत्री कंगनालाई भारतभरबाट समर्थन छ। खासगरी भारतको सुरतका कपडा व्यपारीले कंगनाको समर्थनमा फरक काम गरेका छन्।

कपडाको शहर भनेर चिनिने सुतका व्यापारीले कंगनाको समर्थनमा उनी अभिनित चलचित्र ‘मणिकर्णिका’बाट तस्बिर लिएर साडीमा प्रिन्ट गरी बजारमा ल्याएका छन्।

भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार कंगनाको तस्बिर छापिएको साडी बनाउने आलिया फैब्रिक्स प्रिमियमका सञ्चालक छोटुभाइ तथा रजत डावरले महाराष्ट्र सरकार एक महिलाकोविरुद्धमा लडिरहेको कुरा गलत भएकाले आफूले कंगनाको समर्थनमा यस्तो काम गरेको बताएका छन्।

उनीहरूले भनेका छन्, ‘उनको अनुपस्थितिमा उनको सम्पत्तीमा तोडफोड भयो। उनलाई मुम्बईमा खुट्टा नै नराख्नु भन्ने धम्की पनि दिइया। यो सबै अन्याय हो, तर हामी कंगनाले प्रशासनसँग लडिरहेको साहसबाट हामीले प्रेरणा पाएका छौं।’

आफूले कंगनालाई कसरी समर्थन गर्न सकिन्छ भन्ने बारेमा सोचेर कपडामा उनको तस्बिर छाप्ने निर्णयमा पुगेको उनीहरूको भनाइ छ। ‘हामीले उनको विचारलाई मानिसम्म पुर्याउन प्रिन्टेड साडी बनाउने विचार गर्यौ। अहिले त्यही काम भएको छ।’

कंगनाको तस्बिर छापिएको साडीको अर्डर सामाजिक सञ्जालमार्फत् गर्न सकिन्। 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट