सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-७ भिरखर्क र नाकुचेमा आइतबार बिहान ३:४५ बजे गएको पहिरोमा पुरिएका थप दुई जनाको शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब निरीक्षक (डिएसपी) प्रकाश सापकोटाका अनुसार सोमबार बिहान थप दुई जनाको शव फेला परेको हो।
भिरखर्कका २२ वर्षीय कुमार विक र २१ वर्षीय सोनिया विकको सोमबार शव फेला परेको हो। उनीहरूको शव परिवारले बुझिसकेको डिएसपी सापकोटाले बताए।
योसँगै सिन्धुपाल्चोकमा गएको पहिरोमा पुरी मृत्यु हुनेको संख्या १३ पुगेको छ भने अझै १८ जना बेपत्ता छन्।नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोलीले बेपत्ताको खोजी गरिरहेको छ।