

काठमाडौं- नेपाल रेल्व कम्पनी लिमिटेडले विभिन्न पदमा करार सेवामा १ सय २९ कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ।
जनकपुरधाममा केन्द्रीय कार्यालय रहेको कम्पनीले सोमबार सार्वजनिक सूचना जारी गरेर कार्यालय सहयोगीदेखि शाखा अधिकृतसम्म करार सेवामा कर्मचारी माग गरेको हो।
शाखा अधिकृतको न्यूनमत शैक्षिक योग्यता स्नातक तह उत्तीर्ण भनिएको छ भने कार्यालय सहयोगीका लागि साधारण लेखपढ् भए पुग्ने सूचनामा जनाइएको छ। रेल्वले सबैभन्दा बढी गेटम्यान माग गरेको छ।
२५ जना गेटम्यान मागेको रेल्वले कम्पनीले १४ जना ग्याङ्गम्यान, १० जना टिकेट बिक्रेता मागेको छ।
अधिकृत स्तरको पदमा २१ वर्ष र सहायक स्तरको पदमा १८ वर्ष पूरा भइ ३५ वर्ष ननाघेको हुनुपर्नेछ, भने महिलाको हकमा ४० वर्ष ननाघेको हुनुपर्ने सूचनामा उल्लेख छ।
असोज १२ गतेसम्म दरखास्त दिइसक्नुपर्नेछ।