विद्युत प्राधिकरणमा कुलमानको पुनः नियुक्ति हुनेमा नेकपा प्रवक्ता विश्वस्त-Sutra News

विद्युत प्राधिकरणमा कुलमानको पुनः नियुक्ति हुनेमा नेकपा प्रवक्ता विश्वस्त

सोमबार, २९ भाद्र २०७७

सोमबार, २९ भाद्र २०७७

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङ पुनः नियुक्ति हुने विश्वास गरेका छन्।



सोमबार ट्वीट गर्दै श्रेष्ठले घिसिङले ऊर्जा क्षेत्रमा कहिल्यै बिर्सन नसक्ने योगदान गरेको उल्लेख गरेका छन्।

‘विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको हिजोबाट पदावधि सकिएको छ,’ श्रेष्ठले लेखेका छन्, ‘उनले उर्जाक्षेत्रमा जे जति योगदान पुर्याएका छन्, त्यो नेपाली जनताले कहिल्यै बिर्सने छैनन्। नेपाल आमाका सुयोग्य सुपुत्र घिसिङको योगदान अझै आबश्यक भएकाले उनको पुनः नियुक्ति हुनेछ भन्नेमा विश्वस्त छु।’

घिसिङको चार वर्षे कार्यकाल आइतबार सकिएको थियो। घिसिङ फेरि कार्यकारी निर्देशको रुपमा नियुक्त हुन्छन् वा सरकारले उनको ठाँउमा कुनै अरु व्यक्तिलाई चयन गर्छ भन्ने सर्वत्र चर्चा र चासोको विषय बनेको छ।

तर, सरकारको तर्फबाट उनलाई पुनः नियुक्त गर्नेबारे केही कुरा आएको छैन। आज बेलुकी पाँच बजे बस्ने मन्त्रिपरिषद् बैठकले यसबारे निर्णय गर्ने बुझिएको छ।   

घिसिङ ४ वर्ष पहिले २०७३ भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट