

काठमाडौं- सोमबार सेयर बजार झिनो अंकले उकालो लागेको छ। आज नेप्से सूचक ३.२६ अंकले बढेर १५४०.५१ बिन्दुमा पुगेको छ।
नेप्सेका अनुसार आज १९० वटा कम्पनीको तिन अर्ब २१ करोड ४ लाख ७९ हजार रुपैयाँभन्दा माथिको कारोबार भएको छ।
नेप्सेमा आज ८८ लाख ३३ हजार २१५ कित्ता सेयर कारोबार भएको छ। कारोबार भएकामध्ये ५ वटा समूहको सूचक उकालो लागेको छ। बाँकी समूहको सूचक भने घटेका छन्।
आज सबैभन्दा धेरै गुमाउनेमा निर्जीवन बीमा कम्पनीहरु रहेका छन्। यस समूहको सूचक २५४.६९ अंकले घटेको छ।