जन्मदिनको अवसरमा फिल्म निर्देशन गर्ने अभिनेत्री नीता ढुंगानाको घोषणा-Sutra News

जन्मदिनको अवसरमा फिल्म निर्देशन गर्ने अभिनेत्री नीता ढुंगानाको घोषणा

सोमबार, २९ भाद्र २०७७

सोमबार, २९ भाद्र २०७७

काठमाडौं- अभिनेत्री नीता ढुंगनाले फिल्म निर्देशन गर्ने घोषणा गरेकी छन्। उनले जन्मदिनको अवसर पारेर आफूले छिट्टै फिल्म निर्देशन गर्न लागेको बताएकी छन्।



उनले आफ्नो टिममा नेपाली फिल्मम क्षेत्रका ख्याती कमाएका व्यक्तिहरुको सहभागिता रहने दाबी गरिन्।

सबैले नीताले राम्रो गर्छिन् भन्ने आश राखेकाले निर्देशनमा आफूलाई धेरै च्यालेन्ज रहेको उनले बताइन्। ‘धेरै लगानीमा यो फिल्म बनाउन लागेका छौं। लगभग साढे दुई करोड लगानीमा। तयारीका लागि हामीले दुई महिना छुट्याएका छौं। त्यसपछि यो प्रोजेक्ट सुरु गर्छौं,’ सूत्र टिभीसँगको कुराकानीमा उनले भनिन्।

पूरा भिडियो हेर्नुस्:

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट