बलिउड अभिनेत्रीहरु, जसले हिरासतको हावा खाए…-Sutra News

बलिउड अभिनेत्रीहरु, जसले हिरासतको हावा खाए…

मंगलबार, ३० भाद्र २०७७

मंगलबार, ३० भाद्र २०७७

मुम्बई- अभिनेता सुशान्तसिंह राजपूतको आत्महत्या प्रकरणसँग जोडिएर आएको लागूऔषधको मुद्दाका कारण उनकी प्रेमिका अभिनेत्री रिया चक्रवर्ती अहिले हिरासतमा छिन्।



रियाविरुद्ध सुशान्तका बुबा केके सिंहले प्रहरीमा आत्महत्या दुरुत्साहनको उजुरीसमेत दर्ता गराइसकेका छन्, जसको  छानविन यतिखेर सीबीआईले गरिरहेको छ। रियाविरुद्ध सुशान्तको १५ करोड रुपैयाँ भारु हडपेको आरोपसमेत लागेको छ।

तर, बलिउडमा रियामात्रै होइन, यस्ता थुप्रै अभिनेत्री पनि छन् जसले गम्भीर अपराधको अभियोगमा हिरासतको हावा खाए। यसरी हिरासतमा पर्नेहरुमध्ये कसैले ठगी, कसैले लागूऔषध कारोबार त कसैले यौन धन्दाको मुद्दा खेपेका थिए। 

मोनिका बेदी

monika bedi - sutranews.jpg

थुप्रै फिल्ममा काम गरिसकेकी मोनिका बेदीलाई सन् २००६ मा पोर्चुगलमा ग्याङस्टर अबु सलेमसँग अवैध दस्तावेजसँगै पक्राउ परिन्। लिस्बन शहरबाट पक्राउ परेकी उनलाई चार वर्षको कैद सजाय मिल्यो। सन् २०१० मा रिहा भइसकेकी उनी यतिखेर फिल्म र टिभीमा कमब्याक हुने प्रयासमा छिन्। उनले केही क्षेत्रीय फिल्मसँगै सन् २०१३–१४ का बीचमा सिरियल ‘सरस्वती चंद्र’मा समेत अभिनय गरेकी थिइन्।

ममता कुलकर्णी

mamata kulkarni - sutranews.jpg

केन्याको मोम्बासाबाट अभिनेत्री ममता कुलकर्णीलाई उनका पति विजय गोस्वामी उर्फ विक्कीसहित पाँच तस्करका साथ पक्राउ गरिएको थियो। विक्कीलाई लागूऔषध धन्दाको ठूलो माफियाका रुपमा चिन्ने गरिन्छ। सन् १९९७ मा विक्कीलाई दुबईमा मैड्रेक्स ड्रगको तस्कर गरेको आरोपमा पक्राउ गरिएको थियो। जसको अनुमानित मूल्य त्यतिबेला ६० लाख डलर बताइएको थियो। ममताले ‘आशिक आवारा’, ‘सबसे बडे खिलाडी’, ‘बाजी’, ‘वक्त हमारा है’, ‘क्रान्तिवीर’, ‘चाइनागेट’ आदि फिल्ममा काम गरेकी छन्।

पायल रोहतगी

payal rohatgi - sutranews.jpg

गान्धी-नेहरु परिवारविरुद्ध आपत्तिजनक भिडियो पोस्ट गरेको आरोपमा राजस्थान पुलिसले गुजरात अहमदबादबाट सन् २०१९ मा अभिनेत्री पायललाई हिरासतमा लिएको थियो। बुंदी (राजस्थान) पुलिसले मोतीलाल नेहरु, जवाहरलाल नेहरु, इन्दिरा गान्धी र गान्धी-नेहरु परिवारका अन्य सदस्यविरुद्ध आपत्तिजनक सामग्री पोस्ट गरेको अभियोगमा १० अक्टोबरमा साइबर अपराध अन्र्तगत मुद्दा चलाएको थियो। त्यसको एक महिनापछि डिसेम्बरमा पायलले जेलको हावा खानु परेको थियो। पछि जमानतमा अदालतले उनलाई रिहा गरेको थियो।

स्वेता बसु प्रसाद

shweta basu prasad - sutra news.jpg

सन् २०१४ मा मकडी फेम नेसनल अवार्ड जितेकी बाल कलाकार स्वेता बसु प्रसादको नाम यौन धन्दासँग जोडिएर आएपछि खलबली नै मच्चिएको थियो। हैदराबादको बंजारा हिल्स इलाकाको एक होटलबाट यौन धन्दा चलाइरहेको समय प्रहरीले उनलाई रंगेहात पक्राउ गरेको थियो। प्रहरीले त्यसपछि उनलाई ‘रेस्क्यु होम’ पठाएको थियो। ५९ दिन रेस्क्यु होममा समय गुजारेपछि हैदरावात पुलिसले स्वेतालाई क्लिन चिट दिएको थियो। त्यसपछि स्वेताले फिल्ममा कमब्याक गरेकी थिइन् । सन् २०१९ मा रिलिज भएको ‘द ताशंकद फाइल्स’मा पनि उनी देखिएकी थिइन्।

प्रेरणा अरोडा

prerna arora - sutranews.jpg

‘प्याडम्यान’, ‘परी’ आदि फिल्मकी निर्मात्री रहेकी प्रेरणा अरोडा करिब ८ महिना जेलमा रहेर अघिल्लो सालमात्रै रिहा भएकी थिइन्। उनलाई मुम्बई इकोनोमिक अफिस विंग (इओडब्ल्यु)ले सन् २०१९ मा निर्माता वाशु भगनानीको ३.१६ करोड रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ गरेको थियो।

(दैनिक भास्करको सहयोगमा)

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट