वामदेव गौतमलाई राष्ट्रिय सभाको सदस्यमा सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय-Sutra News

वामदेव गौतमलाई राष्ट्रिय सभाको सदस्यमा सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय

सोमबार, २९ भाद्र २०७७

सोमबार, २९ भाद्र २०७७

काठमाडौं- सरकारले राष्ट्रिय सभा सदस्यका लागि नेकपा उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।



सोमबार बसेको मन्त्रिपरिषद् बठकले गौतमलाई राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो।

राष्ट्रपतिबाट मनोनीत हुने तीन सदस्यमध्ये एक डा. युवराज खतिवडाको पद सकिएको ६ महिनापछि गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनीतका लागि सिफारिस गरेको हो।

नेकपाले १८ भदौमा राष्ट्रियसभाको रिक्त पदमा उपाध्यक्ष गौतमलाई नै पठाउने निर्णय गरेको थियो। त्यसअघि नै १४ फागुनमा बसेको नेकपा सचिवालय बैठकले पनि गौतमलाई राष्ट्रिय सभा पठाउने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट