मन्त्रिपरिषद्को बैठक सकियो, कुलमानबारे कुनै प्रस्ताव गएन-Sutra News

मन्त्रिपरिषद्को बैठक सकियो, कुलमानबारे कुनै प्रस्ताव गएन

सोमबार, २९ भाद्र २०७७

सोमबार, २९ भाद्र २०७७

काठमाडौं- सोमबार बसेको मन्त्रिपरिषद् बैठकले विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुनः नियुक्ति गर्ने धेरैको अड्कल थियो। तर, बैठकमा सहभागी एक मन्त्रीका अनुसार ऊर्जा मन्त्रालयबाट यस विषयमा कुनै प्रस्ताव नै आएन।



साँझ ५ बजेबाट करिब चार घन्टासम्म चलेको बैठकमा कुलमानका विषयमा कुनै चर्चा नै नभएको ती मन्त्रीले बताए। कुलमानको पहिलो चार वर्षे कार्यकाल आइतबार राति सकिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट