काठमाडौं- सरकारले असोज ५ गतेदेखि आन्तरिक उडान र सार्वजनिक सवारीसाधन सञ्चालन गर्न दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले असोज ५ गतेबाट यी सेवा सञ्चालन गर्न अनुमति दिने निर्णय गरेको हो।
कोरोना भाइरसको महामारी फैलिएसँगै सरकारले सबैखाले उडान र सवारीसाधनमा रोक लगाएको थियो। यसअघि १ भदौबाटै यी सेवा सञ्चालन ल्याउने भनिए पनि कोरोना संक्रमितहरु बढ्न थालेपछि उक्त निर्णय नगरेर निषेधाज्ञा लागू गरिएको थियो।
यो पनि हेर्नुस्:
वामदेव गौतमलाई राष्ट्रिय सभाको सदस्यमा सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय