अस्पतालको लापरबाहीले कोरोना जितिसकेकी शिक्षिकाको मृत्यु-Sutra News

अस्पतालको लापरबाहीले कोरोना जितिसकेकी शिक्षिकाको मृत्यु

मंगलबार, ३० भाद्र २०७७

मंगलबार, ३० भाद्र २०७७

वीरगन्ज– अस्पतालमा उपचार गराइरहेका मध्ये गएको सोमबार यता कोभिड अस्पतालमा कसैको मृत्यु नभएको पर्सामा आइतबार एक महिलाको मृत्यु भएको छ।



कोभिड अस्पतालमा मृत्यु भएपनि उनको कोरोनाले मृत्यु भएको संख्यामा थप हुने अवस्था रहेन। कारण उनको पछिल्लो रिपोर्ट नेगेटिभ आएको छ। कोरोना जित्दै गर्दा आइतबार स्थानीय शिक्षिका समेत रहकी उनको कोभिड अस्पतालमा नै मृत्यु भएको हो।

दुई पटकको रिपोर्ट पोजेटिभ देखिएको मृतक महिलाको पछिल्लो रिपोर्ट भने नेगेटिभ आएको छ। तर, उनको रिपोर्ट नेगेटिभ आउनु पूर्व नै आइतबार दिउँसो २ बजेर ५५ मिनेटमा कोभिड अस्पताल गण्डकमा मृत्यु भइसकेको नारायणी अस्पतालले जनाएको छ। रिपोर्ट नेगेटिभ आएपछि उनलाई दाह संस्कारका लागि परिवारको जिम्मा लगाइएको प्रवक्ता डा. अतुलेश कुमार चौरसियाले बताए।

फोक्सोमा समस्या भई गएको भदौ १२ गते नै अस्पतालमा भनाए भएकी उनको २२ गते भदौमा पनि रिपोर्ट पोजेटिभ नै आएको थियो। त्यसयता गण्डक अस्पतालको आइसियुमा नै उपचार भइरहेकी उनको तीब्र श्वास प्रश्वासको कारण मृत्यु भएको डा.चौरसियाले बताए। मृतक महिलाको फोक्सोमा पानी जमेको र अक्सिजन जरुरी परिरहेको थियो।

‘अस्पतालका स्टाफले समयमा अक्सिजन नदिंदा संक्रमितमध्ये नै हामी केहीले अक्सिजनको अर्को सिलिन्डर जोडिदिन्थ्यौं’, अर्का संक्रमितले भने। हाम्रो वार्ड परिवर्तन भएपछि भने उनलाई अक्सिजनकै कमीले मृत्यु भएको हुने सक्ने ती संक्रमितले ठोकुवा गरे।

अस्पतालको पूर्ण लापर्वही हो। पानी र अक्सिजन कुनै पनि उचित व्यवस्था बिरामीलाई थिएन उनले भने। तीनचार दिन अगाडी उनैले स्वास्थ्यकर्मीले चासो देखाएनन् भन्दै ती महिलाले बोलेको कुरा भिडियो बनाई सार्वजनिक गरेका थिए। अहिले महिलाको मृत्यु पश्चात महिलाले गुनासो गरेको पुरानो भिडियो स्थानीयमा भाइरल भएको छ।

त्यो भिडियोमा अस्पतालका स्वास्थ्यकर्मीले स्लाइनपानी र अक्सिजन दिन लापरबाही गरेको ती महिलाले बताएकी थिइन्। अस्पतालमा बसेका संक्रमितहरुले पनि गण्डक अस्पतालको लापर्वाहीले महिलाको मृत्यु भएको दाबी गरेका छन्। मृतक महिला वीरगन्ज महानगरपालिका वडा नम्बर १० की ५५ बर्षीया शिक्षिका हुन्। राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट