सरकार ‘कथाको लाटोबुंगो’को अवतार : बाबुराम-Sutra News

सरकार ‘कथाको लाटोबुंगो’को अवतार : बाबुराम

मंगलबार, ३० भाद्र २०७७

मंगलबार, ३० भाद्र २०७७

काठमाडौं- पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले सरकार कथाको लाटोबुंगोको अवतार जस्तै भएको आरोप लगाएका छन्। जनताले माग गरेका कुरा नसुन्ने तर जनताले नगर्न भनेका काम गर्न अग्रसर भएको भन्दै डा.भट्टराईले यस्तो आरोप लगाएका हुन्।



‘कथामा लाटोबुंगोले जे गर्नु भन्यो त्यो गर्दैनथ्यो र जे नगर्नु भन्यो त्यो गर्थ्यो! ओली सरकार त्यसैको अवतार जस्तो छ। आम नागरिक र मिडियाले हारेकालाई राष्ट्रियसभामा नलैजाऊ भने, तिनलाई लाने भएछ,’ उनले ट्विटमा लेखेका छन्, ‘तर लोडसेडिङ अन्त्य लगायत राम्रो काम गरेका कुलमानलाई पुनर्नियुक्ति गर भने त्यो चाहिं गरेनछ! सेम!’

कुलमान घिसिङलाई पुनःनियुक्तिका लागि व्यापक सार्वजनिक दबाब भए पनि सरकारले त्यो नगरेर प्रतिनिधिसभामा हारेका वामदेव गौतमलाई चाँहि राष्ट्रिय सभामा लैजाने निर्णय गरेको भन्दै उनले कटाक्षे गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट