चितवन- चितवनमा थप ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। भरतपुर अस्पतालको कोभिड–१९ ल्यावमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका सबै चितवनकै हुन्।
भरतपुर अस्पतालले सोमबार राति सार्वजनिक गरेको विवरणअनुसार भरतपुरका २ पुरूष र २ महिला गरी ४ जना र कालिकाका ५ पुरूष र २ महिला गरी ७ जनामा संक्रमण पुष्टि भएको हो।
संक्रमित हुनेमा १ वर्षीय बालकदेखि ३८ वर्षका पुरूषसम्म छन्।