लकडाउनको विरोध जनाउँदै मन्त्रीले दिए राजीनामा-Sutra News

लकडाउनको विरोध जनाउँदै मन्त्रीले दिए राजीनामा

मंगलबार, ३० भाद्र २०७७

मंगलबार, ३० भाद्र २०७७

एजेन्सी- कोरोनाभाइरस नियन्त्रणका लागि भन्दै इजरेल सरकारले यहुदी नयाँ वर्षदेखि लागु हुने गरी कडा प्रतिबन्धहरूसहित अर्को लकडाउन गर्ने घोषणा गरेको छ।



आउँदो शुक्रवारदेखि सुरु हुने दोस्रो लकडाउन कम्तीमा तीन हप्तासम्म कायम रहनेछ। प्रधानमन्त्री बेन्जमिन नेतन्याहुले प्रतिबन्धहरूका कारण चर्को मूल्य चुकाउनुपर्नेू बताएका छन्, तर देशमा दैनिक चार हजारसम्म नयाँ संक्रमित थपिने गरेका छन्।

एक मन्त्रीले महत्त्वपूर्ण यहुदी चाडपर्वहरूसँग लकडाउन जुध्ने भएकोले सरकारको निर्णयप्रति विरोध जनाउँदै पदबाट राजीनामा दिएका छन्।

बीबीसीका अनुसार कट्टर यहुदी पार्टीको नेतृत्व गर्ने आवास मामिला मन्त्री याकुब लिसम्यानले लकडाउनसम्बन्धी नियमका कारण मानिसहरूले यहुदी पात्रोमा पर्ने सबैभन्दा पवित्र दिन योम किपूरसहितका चाडपर्वहरू मनाउनबाट वञ्चित हुने बताए।

उनले वर्तमान गठबन्धन सरकारबाट अलग हुने पनि चेतावनी दिएका छन्।

इजरेलमा हालसम्म कोरोनभाइरसबाट १,१०८ जनाको मृत्यु भएको छ भने १,५३,००० जना सङ्क्रमित भएको संयुक्त राज्य अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट