सुनसरी– बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति प्रा.ड.ज्ञानेन्द्र गिरीलाई कोरोना संक्रमण पुष्टि भएकोछ।
सोमबार कोरोना रिपोर्ट पोजिटिभ आएसँगै उपकुलपति गिरी होम आइसोलेसनमा बसेका छन्। संक्रमण भए पनि आफूमा कुनै लक्षण नदेखिएको उनले जनाएका छन्।
उनले आफ्नो सम्पर्कमा आएका सबैलाई कोरोना परीक्षण गरेर साबधानी अपनाउन आग्रह पनि गरेका छन्।