कोरोना संक्रमणबाट अमेरिकामा १ लाख ९९ हजार जनाको मृत्यु-Sutra News

कोरोना संक्रमणबाट अमेरिकामा १ लाख ९९ हजार जनाको मृत्यु

मंगलबार, ३० भाद्र २०७७

मंगलबार, ३० भाद्र २०७७

काठमाडौं– अमेरिकामा कोरोना भाइरसको संक्रमणले १ लाख ९९ हजार जनाको मृत्यु भएको छ।



तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार मंगलबार पछिल्लो २४ घण्टामा थप ४८० जनाको मृत्यु भएसँगै मृतक संख्या १ लाख ९९ हजार पुगेको हो।

यस्तै मंगलबार थप ३८ हजार ७२ जनामा संक्रमण पुष्टि भएको छ। योसँगै अमेरिकामा कोरोना संक्रमित संख्या ६७ लाख ४९ हजार २८९ पुगेको छ।

संक्रमितमध्ये अहिलेसम्म ४० लाख २७ हजार ८२६ जना संक्रमणमुक्त भएका छन्। उपचार गराइरहेका २५ लाख ‍२२ हजार ४६३ जनामध्ये १४ हजार १०४ जनाको अवस्था गम्भीर रहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट